Skip to content

करिब ५ खर्ब बराबरको लगानी स्वीकृत, विभाग र बोर्डबाट कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड गरी ४ खर्ब ९२ अर्ब बराबरको लगानी स्वीकृत भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दैं यस्तो बताए । मन्त्री खनालले २०८२ फागुनसम्म उद्योग क्षेत्रमा ५४ खर्ब ४४ अर्ब ६ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागमा ९२१ थप उद्योग दर्ता भई फागुनसम्म दर्ता भएको उद्योगको सङ्ख्या ११ हजार १ सय ४० पुगेको छ । दर्ता भएका यस्ता उद्योगबाट करिब ७ लाख ८५ हजार रोजगारी सिर्जना हुने अनुमान छ ।

गत फागुनसम्म उद्योग विभागमा कुल ७ हजार ९ सय ५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी सेवा उद्योगमा २८.३ प्रतिशत र सबैभन्दा कम खनिज उद्योगमा १.३ प्रतिशत रहेको छ ।

गत फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ । दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनी सबैभन्दा बढी ९७.५ प्रतिशत र अन्य कम्पनी २.५ प्रतिशत रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi