Skip to content

सार्वजनिक संस्थानमा लगानी करिब ८ खर्ब, लाभांश ८ अर्ब ३७ करोड मात्रै

nabil bank

काठमाडौं । राज्यले सार्वजनिक संस्थानबाट आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड ५६ लाख लाभांश प्राप्त गरेको थिए । आर्थिक वर्ष २०८१/८२ मा भने ८ अर्ब ३७ करोड ७६ लाख प्राप्त गरेको छ ।

कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात आव २०८१/८२ मा २.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको सेयर धनी कोष (नेटवर्थ) आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३.८९ प्रतिशतले वृद्धि भई १० खर्ब ७३ अर्ब २८ करोड ३१ लाख पुगेको छ ।

यो अवधिमा ७ वटा संस्थानको सेयरधनी कोष ऋणात्मक रहेको छ । सबैभन्दा धेरै नेपाल वायुसेवा निगमको ७ अर्ब ९३ करोड ४४ लाखले ऋणात्मक रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा संस्थानको कुल सम्पत्ति आर्थिक वर्ष २०८०/८१ को तुलनामा ९.४९ प्रतिशतले बढेर ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको छ ।

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी आर्थिक वर्ष २०८० / ८१ को तुलनामा १३.४४ प्रतिशतले बढेर ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको छ । जसमा सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड २० लाख र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कुल आय र कुल सञ्चालन आय क्रमशः ७ खर्ब २१ अर्ब १४ करोड ७७ लाख र ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः ०.६७ र ०.६६ प्रतिशतले बढी हो ।
कुल गार्हस्थ्य उत्पादनमा कुल आय र सञ्चालन आयको अनुपात क्रमश ११.८० र १०.८५ प्रतिशत रहेको छ ।

सञ्चालनमा रहेका संस्थानमध्ये २७ वटाले नाफा आर्जन गर्न सफल भएका छन् भने १६ वटा घाटामा छन् । आर्थिक वर्ष २०८०/८१ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफा १२.०३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ८ करोड ४९ लाख पुगेको छ । नाफामा रहेका संस्थानको खुद नाफा ४८ अर्ब ८९ करोड ६ लाख रहेको छ भने नोक्सानमा रहेका संस्थानको खुद नोक्सान ३ अर्ब ८० करोड ५७ लाख रहेको छ ।

नाफामा रहेका संस्थानको खुद नाफा गत आर्थिक वर्षको तुलनामा १०.५८ प्रतिशतले बढेको छ भने नोक्सानमा रहेका संस्थानको खुद नोक्सान गत वर्षको तुलनामा ४. १४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कुल सञ्चित नाफा गत वर्षको तुलनामा २१.५१ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ४५ करोड ४२ लाख पुगेको छ । नेपाल प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नेपाल नागरिक उड्ययन प्राधिकरणको सञ्चित नाफा सबै भन्दा धेरै रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi