Skip to content

सामाजिक सुरक्षा कोषकाे योजना तथा अभ्यास सम्बन्धी प्रदेश स्तरीय साझेदारहरूको परामर्शदाता कार्यशाला सम्पन्न

nabil bank
काठमाडौं । सशक्त महिला संवृद्ध नेपालसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ काठमान्डौं र सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघले सुदूरपश्चिम प्रदेशको आयोजना तथा सामाजिक सुरक्षा कोष (एसएसएफ) को सहकार्यमा “विद्यमान सामाजिक सुरक्षा योजनाहरू तथा अभ्यास सम्बन्धी प्रदेश स्तरीय सरोकारवालासँग परामर्शदाता कार्यशाला” धनगढीस्थित होटल फ्लोरमा सम्पन्न भएको छ ।
महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्प कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका माननीय निर्प सुनार विशिष्ट अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रबल जंग पाण्डे प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमको सामाजिक सुरक्षा कोषका उप कार्यकारी निर्देशक कृष्ण अधिकारीले सहजीकरण गर्दै कोषको नीतिगत व्यवस्था, कानुनी आधार, विभिन्न सामाजिक सुरक्षा योजनाहरू, योगदान दर, दाबी भुक्तानी प्रणाली तथा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने रणनीतिबारे विस्तृत प्रस्तुति दिए। उनले सामाजिक सुरक्षा कोषले सर्वव्यापी स्वास्थ्य पहुँच योगदानमा आधारित पेन्सन प्रणाली तथा आन्तरिक पुँजी निर्माणमार्फत समग्र अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे ।
प्रमुख अतिथि प्रबल जंग पाण्डेले सामाजिक सुरक्षा प्रणालीलाई श्रमिकको भविष्य सुरक्षित गर्ने, रोजगारदाताको दायित्वलाई व्यवस्थित बनाउने तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने महत्त्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा राखे । उनले निजी क्षेत्र, श्रमिक र सरकारबीचको सहकार्यबाट सामाजिक सुरक्षा योजनाको दायरा अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि माननीय निर्प सुनारले सामाजिक सुरक्षा प्रणालीलाई समावेशी विकास, सामाजिक न्याय तथा श्रम क्षेत्रको औपचारिकीकरणसँग जोडेर हेर्नुपर्ने बताउँदै प्रदेश सरकारले समेत सामाजिक सुरक्षा विस्तारका प्रयासमा आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, उद्योगी–व्यवसायी, श्रमिक संगठनका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार, अनौपचारिक क्षेत्रका श्रमिकको आबद्धता तथा जनचेतना अभिवृद्धिका विषयमा सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै अध्यक्ष पुष्प कुँवरले कार्यशालाबाट प्राप्त सुझावहरूलाई नीतिगत तहमा पुर्‍याई सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउन महासंघले निरन्तर पहल गर्ने बताए। उनले रोजगारदाता, श्रमिक र सरकारबीचको सहकार्यबाट मात्र सामाजिक सुरक्षा अभियान सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै महासंघका सहायक निर्देशक हरि पौडेलले सामाजिक सुरक्षा प्रणालीका विद्यमान व्यवस्था, कार्यान्वयनका चुनौती तथा अवसरहरूबारे प्रदेशस्तरीय सरोकारवालाबीच साझा बुझाइ विकास गर्ने, सामाजिक सुरक्षा कोषप्रति रोजगारदाता, श्रमिक र सरकारी निकायको सहभागिता अभिवृद्धि गर्ने तथा नीतिगत सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए। उनले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमार्फत श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्नुका साथै औपचारिक श्रम बजार विस्तार र उत्पादनशील अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi