काठमाडौं । सांग्रिला बैंकले चौथो सांग्रिला साइकल र्याली गर्ने भएको छ। बैंकले जेठ २३ गते शनिबार आयोजना हुने भएको हो। विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल ¥याली यसपटक जेठ २३ गते शनिबार आयोजना गर्न लागिएको हो।
र्याली, काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भइ दरबार मार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन, सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बालुवाटार हुँदै एलिस रिसप्सेन गैरीधारामा पुगेर समापन हुने छ ।
विहान ७ बजे शुरु हुने ¥यालीमा अन्य व्यक्तिहरु पनि सहभागी हुन सक्ने छन् । र्यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथाबाट आकर्षक साइकल तथा अन्य विभिन्न उपहार प्रदान गरिनेछ ।
वातावरणको संरक्षणका साथै साइकल संस्कृतिको विकासमा सहयोग पु¥याउने उद्धेश्यले सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पहिलो, दोश्रो र तेश्रो साइकल ¥याली आयोजना गरिसकेको छ । हामी यसअघिका साइकल ¥यालीमा जस्तै यसपटक पनि वातावरणप्रति चासो राख्ने तथा साइकल मैत्री शहर चाहने सबैको सहयोगको अपेक्षा गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।












प्रतिक्रिया दिनुहोस्