काठमाडौं । पूर्व अर्थमन्त्री बर्षमान पुनले यो सरकारले फुलेको बजेट ल्याएको बताएका छन् ।
उनले बजेट आकारमा धेरै नै ठूलो भएको बताएका छन् । यो बजेट वास्तविका नदेखिएको उनको भनाई छ । योजना आयोगले तोकेको शिलिङ २० खर्बको हाराहारिमा रहेको भएपनि त्यसमा डेढ खर्ब बढी बढाएको उनको भनाई छ ।
बजेटको आकार अस्वभाविक भएको अर्थमन्त्रीलाई पनि जानकारी भएको उनको भनाई छ ।
विगतमा पनि ठूलो बजेट ल्याउने र पनि वास्तविका मूल्याङकन गरिने गरेको १६, १७ खर्बमा ल्याउने गरेको उनको तर्क छ ।
बजेटले सबैतिर छुट दिने कुरा गरेको, अनुदान दिने, सामाजिक सुरक्षाका क्षेत्र बढाउने राम्रो कुरा भएपनि यसलाई अर्थतन्त्रले धान्न नसक्ने उनको दाबी छ ।
विगतमा वितरणमुखी बजेट ल्याउने आरोप लागेपनि यो पटक पनि वितरणमुखी बजेट आएको उनको दाबी छ ।
अब स्थानीय निर्वाचन आउन लागेको र अहिलेको लोकप्रियता, स्थापित दललाई विरोध गरेर मात्रै नभएर काम नै गर्नु पर्ने भएर वितरणमुखी बजेट ल्याएको पुनको भनाइ छ ।
सरकारले स्थानीय तहमा जनमत बढाउने खालको बजेट ल्याएको, कृषि क्षेत्र सुधार गर्ने फर्मलाई हेर्न नसकेको, युवालाई रोजगारी सृजना गर्न नसक्ने खालको, विदेशमा रहेका नेपालीलाई स्वदेशमा ल्याउने नीति नलिएको, स्वदेशमा रोजगारी दिने नीति नरहेको उनको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्