काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी भएका छन् ।
आज भएको निर्वाचनमा रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै डा. पौड्याल विजयी भएका हुन् ।
डा पौडेलले १८२७ मत प्राप्त गरेका छन् भने उनको प्रतिस्पर्धी शर्माले १५५२ मत प्राप्त गरेका छन् । डा. पौड्यालले शर्मालाई २७५ मतले पराजित गरेका छन् ।
सञ्चालकमा विजयी भएलगत्तै लगानी न्यूज सँगको संक्षिप्त कुराकानीमा डा. पौड्यालले अब बैंकलाई अझ सुदृढ, पारदर्शी बनाउने, सहकारी बैंक मार्फत वित्तीय सुशासन कायम गर्ने, नितिगत स्थिरता कायम गर्न तर्फ लाग्ने बताए ।
साथै उनले बैंकलाई आगामी दिनमा सदस्यमैत्री बनाउने समेत बताए । सहकारी अभियानमा ३ दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका उनले आफ्नो अनुभव नै आगामी नेतृत्वका लागि मुख्य आधार हुने बताए ।
प्रारम्भिक सहकारी संस्थादेखि राष्ट्रिय स्तरका संस्थासम्म विभिन्न जिम्मेवारीमा काम गर्दै आएका छन् ।
उनले सहकारी क्षेत्रको वित्तीय व्यवस्थापन, संस्थागत विकास र सदस्य सेवामा सुधार ल्याउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँदै समेत आएका छन् ।
यो सँगै बैंकको सञ्चालकले अध्यक्ष चयन गर्ने छ । डा. पौड्याललाई बैंकको भावी अध्यक्षको रुपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्