Skip to content

राइड सेयरिङ प्रयोगकर्ताको लागत बढ्यो

काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा मूल्य अभिवृद्धि कर लागू गरेको छ । सरकारले यो निर्णय गरेसँगै यस्ता सेवा प्रयोग गर्ने प्रयोगकर्ताको यात्रा खर्च बढ्ने भएको हो ।

आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत राइड सेयरिङ अपरेटर तथा प्लेटफर्ममा आवद्ध सेवा प्रदायकहरूलाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरिएको छ। यसका कारण अब राइड सेयरिङ सेवा प्रयोग गर्दा पहिलेको तुलनामा अतिरिक्त कर रकम तिर्नुपर्ने हुन्छ।

यस निर्णयको असर मुख्य रूपमा दैनिक रूपमा राइड सेयरिङ सेवा प्रयोग गर्ने यात्रुहरूमा पर्ने देखिएको छ। सेवा प्रदायकहरूले पनि कर व्यवस्थाका कारण भाडादर समायोजन गर्न सक्ने अनुमान गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T