काठमाडौं । आफ्नो बालबालिकालाई निजी विद्यालयमा पढाउने र निजी अस्पतालमा उपचार गर्नेको खर्च बढेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ ।
सरकारले बजेटमा दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको गरेको छ ।
यसको भार निजी क्षेत्रमा पढाउने र उपचार गर्नेलाई पर्ने भएको छ ।












प्रतिक्रिया दिनुहोस्