Skip to content

फ्रान्सेली राजदूत पुइग–इन्जा र परराष्ट्रमन्त्री खनालबीच भेट, हवाई सेवा र जलवायु सहकार्यमा छलफल

nabil
global ime

काठमाडौं । नेपालका लागि फ्रान्सेली गणतन्त्रकी नवनियुक्त राजदूत फ्राँस्वाज पुइग–इन्जाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । राजदूत पुइग–इन्जाले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत पुइग–इन्जालाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटमा नेपाल र फ्रान्सबीचको आपसी हित तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो । छलफलका क्रममा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीयताका क्षेत्रमा सहकार्यलाई अघि बढाउने विषयले प्राथमिकता पाएको थियो ।

दुवै पक्षबीच साझा चासोका विषयमा सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत विचारविमर्श भएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima