काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ३३.२९ अंकले बढेर परिसूचक २६६४.०६ बिन्दु कायम भएको छ ।
३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सृेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँका कारोबार भएको छ ।
कारोबारमा २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा ट्रेडिङ बाहेक सबै उपसूहका सूचक बढेका छन् । आज वाणिज्य बैंक र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको ध्यान गएको छ । वाणिज्य बैंक समूहको उपसूचक १.३६ प्रतिशत र जलविद्युत समूहको उपसूचक २.०६ प्रतिशतले बढेको छ ।
कारोबारमा बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर, सुपरखुदी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, युनियन हाइड्रपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।












प्रतिक्रिया दिनुहोस्