काठमाडौं । सरकारले सेयर बजारमा लाग्ने पुँजीगत लाभकर बढाएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज आगामी आवको बजेट विनियोजन गर्दै लाभकर बढाएका हुन् ।
सेयर बजारमा यसअघि लाग्दै आएको अल्पकालीन र दीर्घकालीन लाभकर बढेको छ ।
यसअघि दीर्घकालीन कारोबारमा लाग्दै आएको ५ प्रतिशत लाभकर अब ७.५ प्रतिशत पुगेको छ ।
यस्तै हाल अल्पकालीन कारोबारमा लाग्दै आएको ७.५ प्रतिशत लाभकर अब १० प्रतिशत पुगेको छ ।
अर्थमन्त्री वाग्लेले यो करलाई अन्तिम कर मानिने जनाएका छन् ।












प्रतिक्रिया दिनुहोस्