Skip to content

काठमाडौं महानगरले एकीकृत करदाता परिचय नम्वर पूर्णरुपमा लागू गर्ने

nabil bank

काठमाडौं । काठमाडौँ महानगरपालिकाले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक, न्यायोचित र करदातामैत्री बनाउन प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करका दर निर्धारण गर्ने प्रबन्ध मिलाउने भएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो ।

‘करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने, उपयुक्त छुट सुविधा प्रदान गर्ने, करदातालाई राजश्व सेवा सम्बन्धी सूचना, जानकारी तथा महानगरको सन्देश एसएमएस मार्फत् सम्प्रेषण गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महालेखा नियन्त्रक कार्यालयबाट तयार गरिएको स्थानीय तहको राजस्व व्यवस्थापन प्रणाली (सूत्र) लागु गर्न आवश्यक प्रबन्ध मिलाइनेछ। एकीकृत करदाता परिचय नम्वर पूर्णरुपमा लागू गरिनेछ। बहालमा लिए दिएका घररजग्गारअन्य संरचनारसम्पतिहरुको अनिवार्य दर्ता गर्ने व्यवस्था गरिनेछ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi