Skip to content

वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबीच सहकार्य

nabil bank

काठमाडौं । नेपालको उड्डयन क्षेत्रलाई थप सुरक्षित, एकताबद्ध, दिगो र प्रविधिमैत्री बनाउने उद्देश्यले वायुसेवा सञ्चालक संघ नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच सम्झौता भएको छ ।

आज आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रतापजंग पाण्डेले सम्झौताले नेपाली उड्डयन क्षेत्रको दीर्घकालीन विकास र सुरक्षामा महत्त्वपूर्ण कदम भएको बताए ।

सम्झौताअनुसार नेपालमा उड्डयन क्षेत्रको डिजिटल रूपान्तरण, स्वचालन, डेटा–आधारित निर्णय प्रणाली तथा कृत्रिम बौद्धिकता (एआई) जस्ता आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने सम्झौतामा उल्लेख छ ।

विश्वव्यापी रूपमा तीव्र गतिमा परिवर्तन भइरहेको उड्डयन उद्योगका चुनौती सामना गर्न र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालको उड्डयन प्रणालीलाई सुदृढ बनाउन संयुक्त रूपमा काम गर्ने उल्लेख छ ।

सहकार्यले वायुसेवा कम्पनी, विमानस्थल, सेवा प्रदायक संस्था, इन्जिनियर, प्राविधिक जनशक्ति, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विद्यार्थीहरूलाई एउटै साझा मञ्चमा जोड्नेछ। साथै, ज्ञान, अनुभव र नवप्रवर्तनको आदानप्रदानमार्फत सुरक्षित, दक्ष र भविष्यउन्मुख उड्डयन वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi