Skip to content

कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट (पूर्णपाठ)

nabil bank

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष

२०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ। कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले उक्त रकमको बजेट विनियोजन गरेका हुन् ।

यो बजेट चालु आवको तुलनामा १२.७४ प्रतिशतले धेरै हो । सरकारले चालु आवका लागि विनियोजन गरेको बजेटमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख अर्थात ३४.५५ प्रतिशत, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ अर्थात ५१.३२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १५ करोड अर्थात ०.३७ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

सरकारले विनियोजन बजेटको खर्च बेहोर्न आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ, संघबाट वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ रहेको संकलन गर्ने उल्लेख छ।

यस्तै सशर्त अनुदानतर्फ ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानतर्फ ८४ करोड रुपैयाँ, विशेष अनुदानबाट ५५ करोड रुपैयाँ, रोयल्टी बापत प्राप्त हुने ४१ करोड रुपैयाँ र सोझै भुक्तानीबाट प्राप्त हुने २० करोड रुपैयाँ रहेको छ । अपुग ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट ब्यहोरिने बजेटमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi