Skip to content

बागमती प्रदेशले ल्यायो करिब ६७ अर्बको बजेट (पूर्णपाठ)

nabil bank

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आज प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले उक्त रकमको बजेट पेश गरेका छन् । प्रदेशले आगामी आवका लागि विनियोजन गरेको बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ अर्थात ३४.३१ प्रतिशत बजेट विनियोजन गरेको छ ।

यस्तै पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ अर्थात ६५.६९ प्रतिशत विनियोजन गरिएको छ ।

यस्तै बजेटले कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमार्फत १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ, सञ्चित कोष बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi