Skip to content

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट, कुन शिर्षकमा कति ?

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशसभाको असार १ गते राति ११:४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरे ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, सरकारबाट राजस्व बाँडफाट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख, ६६ हजार अनुमान गरिएको छ ।

यस्तै, सङ्घीय रोयल्टीबापत सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ खर्ब छ करोड ३३ लाख, चालु आवको विनियोजनबाट बचत हुने नौ अर्ब ६२ करोड, सशर्त अनुदान ६ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदान ३८ करोड ३८ लाख र विषेश अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री धामीले जानकारी दिए ।

प्रस्तुत बजेटमा चालु र पुँजीगततर्फ के–कति बजेट विनियोजन गरिएको भन्नेबारे मन्त्री धामीले उल्लेख गरे । प्रतिपक्षी दलका सदस्यहरुको बहिष्कारका बीच सरकारले बैठकमा आगामी आवको बजेट सार्वजनिक गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T