Skip to content

थाई परिकारको विशेष यात्रा अब काठमाडौँ मेरियट होटेलमा

nabil bank

काठमाडौं । काठमाडौं मेरियट होटेलले थाई परिकारको वास्तविक स्वाद अब राजधानी काठमाडौँमै अनुभव गराउने उद्देश्यसहित “फ्लेभर्स अफ थाइल्याण्ड” नामक विशेष फुड फेस्टिभल आयोजना गरिएको छ ।
एडामामे रेस्टुरेन्टमा सुरु भएको यो ईभेन्ट जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ ।

फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत रहेका छन् । थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानीज तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा लामो अनुभव हासिल गरेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट कलिनरी मार्फत अतिथिहरूलाई गुणस्तरीय र प्रामाणिक स्वाद प्रदान गरिरहेका छन्।

फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ। अतिथिहरूले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्नेछन् । प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता विशेष परिकारहरू ताजा हर्ब्स र मसालाको प्रयोगबाट तयार गरिएका छन् । थाई खानाको मौलिक स्वादलाई अझ जीवन्त बनाएको छ। यी परिकारसँगै थाई शैलीबाट प्रेरित विशेष ड्रिंक्सहरू सायम गार्डेन, फुकेट स्पाइस म्युल र थाई टी बोबा क्लाउड पनि उपलब्ध छन्, जसले सम्पूर्ण अनुभवलाई अझ विशेष बनाउने छन् ।

“फ्लेभर्स अफ थाइल्याण्ड” ले थाइल्याण्डको जीवन्त सडक संस्कृति र समृद्ध कलिनरी परम्परालाई काठमाडौंमै ल्याउने प्रयास गरेको छ। काठमाडौं मेरियट होटल सम्पूर्ण पाहुनाहरूलाई सीमित अवधिका लागि आयोजना गरिएको यस विशेष कलिनरी यात्रामा सहभागी भई थाइल्याण्डको मौलिक स्वाद अनुभव लिन आमन्त्रण गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi