काठमाडौं । सरकारले तिर्न बाँकी सार्वजनिक ऋणको भार २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
जेठसम्म सरकारको सार्वजनिक ऋणको भार उक्त रकम पुगेको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ७७ अर्ब २८ करोड र बाहृय १५ खर्ब ८३ अर्ब ९१ करोड रहेको छ ।
सार्बजनिक ऋणमा जेठ मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत रहेको छ । असार मसान्तको तुलनामा जेठ मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ८७ अर्ब १४ करोड थपिएको छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।
अहिले सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० सँगको अनुपातमा ४४.८७ प्रतिशत पुगेको छ । सरकारले चालु आर्थिक बर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । जेठ मसान्तसम्म ४ खर्ब १८ अर्ब १२ करोड ऋण परिचालन भएको छ । बार्षिक लक्ष्यको तुलनामा सार्बजनिक ऋण ७०.२० प्रतिशत छ ।
चालु आवका लागि ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकोमा जेठ मसान्तसम्म ३ खर्ब ५१ अर्ब ७४ करोड भुक्तानी भएको छ ।












प्रतिक्रिया दिनुहोस्