Skip to content

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँको बजेट (पूर्णपाठ)

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/८४ को लागि कार्यक्रम तथा वजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेश गरेको छ ।

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेको छ ।

चालू आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले यस्तो उल्लेख गरिन् । ‘आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ,’ आज बजेट भाषण गर्दै कार्यबाहक मेयर डंगोलले बजेटमा उल्लेख गरेको बारे भनिन्, ‘जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानीकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अबै ९३ करोड ६७ लाख २६ हजार रुपैयाको स्रोत अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिता वापत १ करोडको श्रोत प्राप्त हुने अनुमान गरिएको छ ।’

उनले क्षेत्रगत रुपमा हेर्दा प्रस्तुत वजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल वजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैया प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अरव ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्व ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi