Skip to content

‘लोकप्रियताको होइन, समृद्धिको कठिन बाटो रोजेका छौं’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट नेपालको आर्थिक विकासको दिशा परिवर्तन गर्ने गम्भीरप्रयास भएको बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयक पारित हुनुअघि दिएको समापन मन्तव्यमा उनले नेपालले अबसम्म अपनाउँदैआएको विप्रेषण, आयात र उपभोगमा आधारित आर्थिक मोडेलबाट उत्पादन, लगानी, नवप्रवर्तन र निर्यातमुखी अर्थतन्त्रतर्फ रूपान्तरण हुनुपर्नेआवश्यकता औँल्याए।

बजेटमाथिको छलफलमा उठेका राजस्व, खर्च, ऋण, कर, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, उद्योग, ऊर्जा र आर्थिक वृद्धिसम्बन्धी विषयमहत्वपूर्ण भए पनि सरकारले यसपटक केही आधारभूत राष्ट्रिय प्रश्नहरूको उत्तर खोज्ने उद्देश्यका साथ बजेट ल्याएको अर्थमन्त्री वाग्लेको भनाइछ।

उनले प्रश्न गरे, “के हामी आगामी दशक पनि विप्रेषण, आयात र उपभोगकै भरमा अर्थतन्त्र चलाइरहने हो, कि उत्पादन र निर्यातमा आधारितअर्थतन्त्र निर्माण गर्ने हो ? के हामी श्रमिकलाई विदेश पठाउने व्यवस्थापनमै सीमित रहने हो, कि सुरक्षित र मर्यादित श्रम बजार निर्माण गर्ने हो ?”

अर्थमन्त्री वाग्लेले किसानलाई केवल अनुदानको लाभग्राहीका रूपमा नभई प्रतिस्पर्धी उत्पादक र उद्यमीका रूपमा स्थापित गर्नुपर्ने, वन सम्पदालाईनिष्क्रिय प्राकृतिक स्रोतका रूपमा नभई हरित औद्योगिकीकरण र रोजगारीको आधार बनाउनुपर्ने तथा निजी क्षेत्रलाई प्रक्रियागत झन्झटमाअल्झाउने होइन, विश्वास र प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार बजेटको मूल उद्देश्य अर्थतन्त्रको संरचनागत कमजोरीमाथि प्रहार गर्दै नयाँ विकास प्रतिमान निर्माण गर्नु हो। “हामी यथास्थितिकोव्यवस्थापन गर्न होइन, परिवर्तनको दिशा तय गर्न आएका हौं,” उनले भने।

विप्रेषण र आयातमा निर्भर मोडेलको सीमाबारे चिन्ता

वाग्लेले विगत तीन दशकमा नेपालको अर्थतन्त्र मुख्यतः विप्रेषण, आयातमा आधारित उपभोग र सम्पत्ति मूल्यवृद्धिको आधारमा अघि बढेकोउल्लेख गरे। यसले विदेशी मुद्रा सञ्चिति बढाउन र लाखौं परिवारको जीवनस्तर सुधार्न योगदान पुर्‍याए पनि दीर्घकालीन समृद्धिका लागि पर्याप्तनभएको उनको तर्क छ।

“कुनै पनि राष्ट्रले आफ्ना सबैभन्दा ऊर्जाशील युवालाई निरन्तर विदेश पठाएर दिगो समृद्धि हासिल गर्न सक्दैन,” उनले भने। उत्पादनभन्दाउपभोगलाई केन्द्रमा राख्ने र उत्पादकत्वको सट्टा सम्पत्ति मूल्यवृद्धिलाई आर्थिक आधार बनाउने अभ्यास दीर्घकालीन विकासका लागि उपयुक्तनहुने उनको भनाइ थियो।

उनले नेपालको चुनौती केवल आर्थिक वृद्धिदर बढाउने नभई त्यसको स्रोत परिवर्तन गर्नु रहेको बताए।

उत्पादनमुखी अर्थतन्त्रतर्फको मार्गचित्र

अर्थमन्त्रीका अनुसार बजेटले उपभोग–आधारित अर्थतन्त्रबाट उत्पादन–आधारित अर्थतन्त्रतर्फ, आयात–निर्भर संरचनाबाट प्रतिस्पर्धी अर्थतन्त्रतर्फतथा विप्रेषण–निर्भर मोडेलबाट उद्यम, लगानी, नवप्रवर्तन र निर्यातमा आधारित अर्थतन्त्रतर्फको संक्रमणको मार्गचित्र प्रस्तुत गरेको छ।

उनले वितरणमुखी राज्यबाट अवसर सिर्जना गर्ने राज्यतर्फ, संरक्षणमुखी संरचनाबाट प्रतिस्पर्धी संरचनातर्फ र आश्रित मानसिकताबाटआत्मविश्वासी अर्थतन्त्रतर्फको यात्रा सुरु गर्ने प्रयास बजेटले गरेको दाबी गरे।

गरिबी न्यूनीकरणको आधार आम्दानी वृद्धि

वाग्लेले गरिबीविरुद्धको सबैभन्दा दिगो नीति आम्दानी वृद्धि भएको उल्लेख गर्दै सामाजिक सुरक्षा कायम राख्दै समृद्धि सिर्जनाको आधार विस्तारगर्न खोजिएको बताए।

उनका अनुसार उत्पादक रोजगारी, व्यावसायिक कृषि, प्रतिस्पर्धी उद्योग, गुणस्तरीय शिक्षा, सीप विकास, नवप्रवर्तन र लगानी नै भविष्यको गरिबीरोक्ने प्रमुख आधार हुन्। बजेट पनि यही विश्वासका साथ निर्माण गरिएको उनले बताए।

‘लोकप्रियताको होइन, समृद्धिको कठिन बाटो’

अर्थमन्त्री वाग्लेले बजेटको सबैभन्दा ठूलो विशेषता यसको दिशा भएको बताए। सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रमशक्ति रअवसरको समान पहुँचका आधारमा आगामी दशकमा नेपालको आर्थिक रूपान्तरण सम्भव हुने उनको विश्वास छ।

“हामीले लोकप्रियताको सजिलो बाटो होइन, समृद्धिको कठिन बाटो रोजेका छौं,” उनले भने। बजेट खर्चको सूची मात्र नभई आगामी दशककोआर्थिक रूपान्तरणको खाका भएको उल्लेख गर्दै उनले यसलाई उत्पादनमुखी, प्रतिस्पर्धी, नवप्रवर्तनशील, रोजगारीमूलक र आत्मविश्वासीनेपालको यात्रातर्फको पहिलो दृढ कदमका रूपमा व्याख्या गरे।

समापन मन्तव्यको अन्त्यमा उनले एउटा महत्वपूर्ण प्रश्न दोहोर्‍याए—“के हामी आफ्नै पुस्ताले नेपालको आर्थिक नियति बदल्न सक्छ भन्नेआत्मविश्वास राख्छौं ?” यही प्रश्नको उत्तर खोज्ने प्रयास नै आर्थिक वर्ष २०८३/८४ को बजेट रहेको उनको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi