काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आज महानगरका मेयर चिरीबाबु महर्जनले आज आगामी आवको नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
महानगरको नीति तथा कार्यक्रममा काठमाडौंका सबै स्थानीय तहहरुको मुख्य समस्याको रुपमा रहेको फोहर विसर्जनलाई उपत्यका मेयर्स फोरमको अध्यक्षको हैसियतले सङ्घीय सरकार र प्रदेश सरकारसँग निरन्तर सम्वादमा रही समस्याको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन निराकरणका लागि भगिरथ प्रयत्न गरिरहेको जनाइएको छ ।
त्यस्तै काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको समस्यालाई सहज बनाउन साइकल लेनदेखि मोनोरेलसम्मका परियोजना सञ्चालनका लागि निरन्तर प्रयास गरिरहेको जनाइएको छ । नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन मेलम्चीमा मात्र भर नपरी स्थानीय स्रोतहरुको सर्वेक्षण तथा पहिचान लगायतका काम निरन्तर भइरहेको छ । सिस्नेरी खोलाबाट महानगरभित्र दैनिक १३ करोड लि पानी ल्याउन आवश्यक प्रबन्ध मिलाइने उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्