Skip to content

अर्थमन्त्रीलाई सेयर लगानीकर्ताको ५ बुँदे हस्तलिखित माग: भित्री कारोबारदेखि मूल्यमा चलखेल रोक्नेसम्म

काठमाडौं । सेयर लगानीकर्ता रविन कँडेलले अर्थमन्त्री अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष विभिन्न ५ बुँदे माग पेश गरेका छन् ।

उनले हस्तलिखित रुपमा ५ बुँदे माग अर्थमन्त्री वाग्लेलाई इमेल मार्फत उक्त माग पेश गरेका हुन् ।

उनले पेश गरेको मागमा डुअल आइएसआइएन तत्काल लागू गरियोस, पूर्व-घोषणा अनिवार्य गरियोस्, शंकास्पद ब्रोकरहरूको फोरेस्सिक अडिट, लकिङ अबधि र पेब्याक पिरियड परिमार्जन, . इन्साइडर ट्रेडिड र कर्नरिंडमा कडा कारबाही गर्नेवाला रहेका छन् ।

नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव समेत रहेका कंडेलले प्रमोटर सेयर र सर्वसाधारणको साधारण सेयरको आइएसआइएन तुरुन्तै छुट्टा छुट्टै बनाउन माग गरेका छन् । दोस्रो बजारमा प्रमोटरले कुन ब्रोकरबाट कति आपूर्ति गरिरहेको छ, त्यो पारदर्शी रूपमा ट्र्याक हुन सकोस् भन्ने उनको माग छ ।

यस्तै कुनै पनि प्रमोटर वा ठूला लगानीकर्ताले आफनो स्वामित्वको सेयर दोस्रो बजारमा बिक्री गर्नुभन्दा कम्तिमा १५ दिन अगाडि नेप्सेमार्फत सर्वसाधारणका लागि सार्वजनिक सूचना जारी गर्नुपर्ने कानुनी बाध्यता तुरुन्तै लागू गरियोस् भन्ने माग रहेको छ ।
यस्तै बजारमा अस्वाभाविक रूपमा ठूलो परिमाणमा एउटै स्टक खरिद-बिक्री गरिरहेका विशिष्ट ब्रोकरहरू (जस्तै हालै बजारमा देखिएका अस्वाभाविक अर्डर म्याचिड़ प्याटर्नहरू) को फ्लोरशिट र बैंक खाताको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । बेच्ने र किन्ने एकाउन्टहरू बीच कतै ‘फन्ड रूटिङ’ वा ‘सर्कुलर ट्रेडिड’ त भएको छैन ? यसको तत्काल छानविन गर्न उनको माग छ ।

यस्तै वित्तीय अवस्था खराब भएका वा आयोजनाको ऋण चुक्तता नगरेका कम्पनीका प्रमोटरहरूलाई ऋण चुक्तता नभएसम्म वा निश्चित नाफा आर्जन नगरेसम्म न्यूनतम ५० प्रतिशत सेयर होल्ड गर्नेपर्ने कडा नियम बनाउन माग गरिएको छ । प्रतिफल आउनु अगावै प्रमोटर भाग्न पाउने छिद्र बन्द गर्न माग गरिएको छ ।

यस्तै कृत्रिम रूपमा मूल्य स्थिर राखेर सर्वसाधारणलाई फसाउने कम्पनीका संच्चालक, प्रमोटर र सम्बद्ध ब्रोकरहरूलाई धितोपत्र ऐन बमोजिम हदैसम्मको फौजदारी कारबाही र जरिवाना गर्न माग गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T