काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस सेसनमा सेयर बजार मापक नेप्से परिसूचक ७ अंक बढेर २७०९.२९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.८१ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ७२ कम्पनीकाे २३२ पटकको कारोबारमा ३ करोड ६५ लाख १३ हजार ९०८ रुपैयाँ ६६ पैसाबराबरको ६० हजार ६३३ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ कम्पनीकाे मूल्य बढेको छ भने ४१ कम्पनीकाे मूल्य घटेको छ। बाँकी ७ कम्पनीकाे मूल्य सो सेसनमा स्थिर रहेको छ।









प्रतिक्रिया दिनुहोस्