Skip to content

रास्कोट नगरपालिकाले ल्यायो ५६ करोड ६७ लाखको बजेट

काठमाडौं । रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेका हुन।

नगरपालिकाले प्रस्तुत गरेको कूल रु ५६ करोड ६७ लाख ५१ हजारको बजेटमध्ये सङ्घीय समानिकरण अनुदानतर्फ रु नौ करोड ७६ लाख, सशर्त अनुदान चालुतर्फ रु १८ करोड ८१ लाख र सशर्त अनुदान पुँजीगततर्फ रु १० करोड ४५ लाख रहेको छ ।

“सङ्घीय विशेष अनुदान रु ६१ लाख, समपूरक अनुदान रु दुई करोड ५९ लाख र राजस्व बाँडफाँटबापत रु सात करोड ९१ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ”, उपप्रमुखले भने, “प्रदेश सरकारका तर्फबाट रास्कोटले समानिकरण अनुदानमा रु एक करोड ३८ लाख ४६ हजार, सशर्त अनुदान चालुमा २२ लाख पाँच हजार, सशर्त अनुदान पुँजीगतमा रु एक करोड ५५ लाख, विशेष अनुदानमा रु ३५ लाख र समपूरक अनुदान पुँजीगततर्फ रु एक करोड १९ लाख प्राप्त गर्नेछ ।” प्रादेशिक राजस्व बाँडफाँटबाट रु १० लाख आर्जन हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आफ्नो आन्तरिक स्रोत (कर तथा गैरकर राजस्व) बाट कूल बजेटको ३.०९ प्रतिशतअर्थात् रु एक करोड ७५ लाख सङ्कलन गर्ने लक्ष्य लिएको छ । प्रस्तावित कूल व्ययमध्ये चालुतर्फ ६१.४२ प्रतिशतअर्थात् रु ३४ करोड ८१ लाख एक हजार र पुँजीगततर्फ ३८.५८ प्रतिशतअर्थात् रु २१ करोड ८६ लाख ५० हजार विनियोजन गरिएको छ ।

क्षेत्रगत रुपमा नगरपालिकाले सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कूल बजेटको ६४.८८ प्रतिशतअर्थात् रु ३६ करोड ७७ लाख पाँच हजार छुट्याएको छ। शिक्षा क्षेत्रका लागि रु २० करोड, स्वास्थ्यतर्फ रु १५ करोड ७६ लाख पाँच हजार विनियोजन भएको छ । सोबाहेक आर्थिक विकास क्षेत्रमा रु दुई करोड ४८ लाख, पूर्वाधार विकासतर्फ रु छ करोड पाँच लाख ५० हजार (१०.६८ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु एक करोड २८ लाख ५० हजार र वन तथा वातावरण क्षेत्रमा रु २० लाख बाँडफाँट गरिएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १७।४४ प्रतिशतअर्थात् रु नौ करोड ८८ लाख ४६ हजार विनियोजन भएको नगरपालिकाले जनाएको छ । कालीकोटको रास्कोट नगरपालिकाले ‘हामी बनाउँछौँ, हाम्रो नगर’ भन्ने मूल नाराका साथ ‘समृद्ध रास्कोट, सुखी रास्कोटवासी’ को दीर्घकालीन लक्ष्यका साथ कालीकोटको नगरसभा सम्पन्न भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi