Skip to content

जेठसम्म आयात १५ प्रतिशतले बढ्यो, मुलुकको व्यापार घाटा १६ खर्ब १६ अर्बमाथि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–०८३ को साउनदेखि जेठ महिनासम्म ११ महिनामा १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँबराबरको समान आयात भएको छ। गत आर्थिक वर्ष २०८१–०८२ को तुलनामा आयात १५.१६ प्रतिशतले बढेको हो।

गत आवको सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँबराबर आयात भएको थियो।यसैगरी चालु आवको ११ महिनामा निर्यात १२.२८ प्रतिशतले बढेको छ। चालु आवको ११ महिनमा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँबराबरको सामान निर्यात भएको छ। गत आवको सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँबराबरको सामान निर्यात भएको थियो।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनाको कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेको छ। चालु आवको ११ महिनामा २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख ३३ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ। गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँबराबरको थियो।

चालु आवको ११ महिनामा वैदेशिक व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ। चालु आवको ११ महिनामा १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख १० हजार रुपैयाँ वैदेशिक व्यापार घाटा रहेको छ। गत आवको सोही अवधिमा वैदेशिक व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T