Skip to content

बजेटले ल्याएका कैंयौं विषयमा बामपन्थी सांसदले सरकारको जय-जयकार गर्नुपर्नेमा विरोध गरे: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले ल्याएका कैयौ विषयमा बामपन्थी सांसदले सरकारको जयजयकार गर्नुपर्नेमा विरोध गरेको भन्दै गुनासो गरेका छन् ।

सरकारले ल्याएको बामपन्थी सरकारले गर्न खोजेर नसकेको काम यो सरकारले गरेको उनको दाबी छ । २०६४ सालमा सुरु भएको काम बीचमा थेग्न नसेर छोडेनको उनको भनाइ छ ।

शिक्षा र स्वास्थ्यमा लगाएको करले उपभोक्तालाई धेरै असर नपर्ने दाबी गरे । निजी विद्यालयमा १० हजार खर्च गर्नेको करिब ३०० मात्रै थप खर्च हुने दाबी गरे । त्यो ३ सय रुपैयाँ सामुदायिक विद्यालयमा खर्च गर्ने बताए ।

अहिले बजेटमा ल्याएको व्यवस्थाले पुँजीगत खर्चमा ठूलो परिवर्तन आउने दाबी गरे ।उनले चालु आवमा पुँजीगत खर्च ५० प्रतिशतको हाराहारीमा मात्रै हुने बताए । नेपाललाई उद्यमशिलता विकास गर्न आर्थिक ऐनमा दफा ४६ रहेको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi