Skip to content

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाका लागि अवसर

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि सञ्चालन हुने रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो।
नेपाल–दक्षिण कोरियाबीच भएको समझदारीअनुसार यसपटक ७ हजार २ सय जना कामदार छनोट गरिनेछ। एचआरडी कोरियाले उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको माग गरेको जनाएको छ।
ईपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षाका लागि २७ जुलाई २०२६ देखि २ अगस्ट २०२६ सम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ।
आवेदकले १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसोबास गरी फर्काइएको नभएको, नेपाल सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध नलगाएको तथा ई–९ वा ई–१० भिसामा दक्षिण कोरियामा ५ वर्ष वा सोभन्दा बढी अवधि नबसेको हुनुपर्ने व्यवस्था गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi