Skip to content
Prabhu

ओस्कार : ओपनहाइमरले जित्यो ७ अवार्ड, किलियन उत्कृष्ट अभिनेता र नोलन उत्कृष्ट निर्देशक

एजेन्सी । लस एन्जिलिसको डल्बी थिएटरमा आज ९६औँ ओस्कार अवार्ड घोषणा गरिएको छ । सो समारोहमा चलचित्र ओपेनहाइमरले विभिन्न सात विधामा अवार्ड हात पारेको छ । जसमा किलियन मर्फीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । 

यसै चलचित्रका लागि रोबर्ट डाउनीले उत्कृष्ट सह अभिनेताको ओस्कार पाए । उनको यो पहिलो ओस्कार अवार्ड हो । चलचित्रका लागि क्रिस्टोफर नोलन उत्कष्ट निर्देशकको अवार्र्डले सम्मानित भए । साथै यो चलचित्रले उत्कृष्ट फिल्म सम्पादन, उत्कृष्ष्ट ओरिजिनल स्कोर र उत्कृष्ट सिनेमोटोग्राफीको अवार्ड पनि जितेका छन् । 

 त्यसैगरी द होल्डओभर्सका लागि डा वायन जोय रेडोल्फले उत्कृष्ट सपोर्टिङ महिला अभिनेत्रीको अवार्ड पाइन् भने वार इज ओभर चलचित्र उत्कृष्ट एनिमेटेड सर्ट फिल्म बन्यो । अमेरिकन फिक्सनको उत्कृष्ट एडेप्टेड स्क्रिनप्लेको अवार्ड पनि पायो । 

यो वर्ष नोलनको चलचित्र ओपनहाइमरले उत्कृष्ट फिक्चर, उत्कृष्ट अभिनेता र सहअभिनेता र सहअभिनेत्रीका साथै १३ वटा विधामा नोमिनेटेड थियो । यसका साथै पुअल थिंग्स ११ र किलर्स अफ द फ्लावर मुन १० तथा बार्बीप चलचित्र विभिन्न आठ विधामा नोमिनेसनमा परेका थिए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal