काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
गत आवको असार मसान्तसम्म कम्पनीले ७ करोड ८२ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६७.५७ प्रतिशत बढी नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा कम्पनीले ४ करोड ६६ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा सुधार आएको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्री ३८ करोड ८६ लाख ३२ हजार रहेको थियो । यो रकम गत आवको सोही अवधिमा ०.८९ प्रतिशतले बढेर ३९ करोड २० लाख ९९ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको सञ्चालन नाफा ०.३९ प्रतिशतले घटेर २२ करोड ९८ लाख ९४ हजार रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय खर्च १८.०६ प्रतिशतले घटेर १५ करोड ८५ हजार रुपैयाँ रहेको छ ।
७६ करोड चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा २३८.१४ प्रतिशतले बढेर ११ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११४.६२ रुपैयाँ रहेको छ ।





प्रतिक्रिया दिनुहोस्