काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष२०८२/८३ को चौथो त्रैमाससम्म १० अर्ब ४५ करोड रुपैयाँभन्दाबढीको कारोबार गरेको छ। उत्पादन तथा बिक्रीमा वृद्धि भएपनि अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढावकाकारण कम्पनीको नाफामा दबाब परेको देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीयविवरणअनुसार समीक्षा अवधिमा १० अर्ब ४५ करोड ९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिकव र्षको सोही अवधिमा कम्पनीको कारोबार १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीले ३९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा नाफा घटेको भए पनि सञ्चालन नाफा भने ७४ करोड ६ लाख रुपैयाँ पुगेकोछ। कम्पनीको ग्रस प्रोफिट १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ।
रिलायन्सले विदेशी मुद्रामा रहेको दायित्वका कारण डलरकोविनिमय दरमा भएको परिवर्तनले वित्तीय परिणाम प्रभावित भएको जनाएको छ। कम्पनीका अनुसार प्रशासनिक तथा अन्य खर्चभित्र करिब २० करोड रुपैयाँ बराबरको विदेशी विनिमय घाटा समावेश भएको छ। यद्यपि त्यसको एक हिस्सा अवास्तविक नोक्सानी रहेको कम्पनीले उल्लेख गरेको छ।
ब्यालेन्ससिटतर्फ कम्पनीको कुल सम्पत्ति १३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने कुल इक्विटी ९ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। नगद तथा नगद सरह मौज्दात बढेर ४९ करोड ४२लाख रुपैयाँ पुगेको छ। कुल दायित्व ४ अर्ब ४३ करोडरुपैयाँमा सीमित रहेको देखिन्छ।
वित्तीय सूचकहरू पनि सन्तोषजनक देखिएका छन्।कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २२रुपैयाँ ०४ पैसा रहेको छ। प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ३२पैसा पुगेको छ भने प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७३६रुपैयाँ ५० पैसा रहेको छ। कम्पनीको तरलता अनुपात २.०७गुणा रहेको छ, जसले छोटो अवधिका दायित्व बहन गर्नेक्षमता बलियो रहेको संकेत गर्दछ।
कपास तथा पोलिएस्टरजस्ता कच्चा पदार्थको मूल्यउतारचढाव, अन्तर्राष्ट्रिय बजारको प्रतिस्पर्धा र विदेशी विनिमय जोखिमबीच पनि कम्पनीले दोहोरो अंकको अर्बौंरुपैयाँ कारोबार कायम राख्न सफल भएको छ। तर डलरको प्रभाव र बढ्दो वित्तीय खर्चले नाफा वृद्धिलाई सीमित बनाएको वित्तीय विवरणले देखाएको छ।





प्रतिक्रिया दिनुहोस्