काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म अपरिस्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ । गत आवको असार मसान्तसम्म बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ घाटामा रहेको छ ।
गत आवको सोही अवधिमा बैंक ८७ करोड २३ लाख २६ हजार रुपैयाँ नाफामा रहेको थियो ।
अघिल्लो आवको असार मसान्तसम्म बैंकको खु्द ब्याज आम्दानी ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा बढेर ९ अर्ब २६ करोड ५७ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
यस्तै बैंकको फि तथा कमिशनबाट हुने आम्दानी २ अर्ब २१ करोड २६ लाख रुपैयाँबाट बढेर २ अर्ब २१ करोड ७२ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन नाफा १ अर्ब ८५ करोड ९८ लाख २६ हजारबाट घटेर १ अर्ब ५९ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत आवको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ ऋणात्मक छ ।
२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ९४ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले ३ खर्ब ४८ अर्ब४ कराड ३१ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब १४ अर्ब ५४ करोड ६५ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ९२ पैसा रहको छ । बैंकको निष्कृय कर्जा ७.०१ प्रतिशतबाट बढेर १५.५५ प्रतिशत पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्