काठमाडौं । वाणिज्य बैंकले संस्थागत मुद्दती निक्षेपमा दिने ब्याजदर घट्दा त्यसको असर बैंककमा मात्रै नभएर जीवन बीमा कम्पनीमा समेत प्रभाव परेको छ ।
बीमा कम्पनीले ठूलो रकम बैंकको मुद्दती निक्षेपमा राख्ने गरेका छन् । बैंकको ब्याज घट्दा त्यसको असर जीवन बीमा कम्पनीका नाफाका साथै लाभांश, बिमितलाई दिने बोनस समेत पर्ने गर्छ ।
बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छन् ।
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ५ अर्ब ४४ करोड ५२ लाख १७ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा ६ अर्ब ८ करोड ६० लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए ।
बीमा कम्पनीले सार्वजनिक गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीको नाफा घटेको छ भने बाँकी कम्पनीको नाफामा सुधार देखिएको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा नेपाल लाईफको १५.०२ प्रतिशतले घटेर ४६ करोड ५४ लाख ५० हजार, सन नेपाल लाईफको २२.८४ प्रतिशतले घटेर ४१ करोड ८५ लाख ९९ हजार, मेट लाईफको ५५.२९, नेशनल लाइफ इन्स्योरेन्सको १०.२३ प्रतिशतले घटेर ३७ करोड ६ लाख १६ हजार र हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४१.९० प्रतिशतले घटेर ३१ करोड ७७ लाख ७१ हजार रुपैयाँ रहेको छ ।
यस्तै सरकारी स्वामित्वको कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी भने नोक्सानमा रहेको छ । गत आवको असार मसान्तसम्म कम्पनी २ करोड ३८ लाख १ हजार रुपैयाँ नोक्सानमा रहेको छ । बाँकी ८ कम्पनीको नाफा बढेको छ ।
गत आवको असार मसान्तसम्म धेरै नाफा कमाउनेमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । आइएमई लाइफले ५८ करोड ४२ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१६ प्रतिशत बढी हो ।
यस्तै धेरै नाफा कमाउने दोस्रो कम्पनीमा रिलायबल नेपाल लाइफले ५८ करोड २६ लाख २ हजार रुपैयाँ रहेको छ । सबैभन्दा थोरै नाफा कमाउनेमा हिमालयन लाइफ रहेको छ । कम्पनीको नाफा ३१ करोड ७७ लाख ७१ हजार रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्