Skip to content

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य उच्च दरले बढेको छ ।

आज सुनको मूल्य तोलाको ३ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलाको १३० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँ रहेको छ ।

बिहीबार ३ लाख १३ हजार ४०० सय रुपैयाँ रहेको थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलाको १३० रुपैयाँ बढेर ४ हजार ९८५ रुपैयाँ रहको छ । बिहीबार ४ हजार ८५५ रुपैयाँ रहेको थियो  ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T