Skip to content
Prabhu

फागुन ३० देखि नेरुडे मिर्मिरे लघुवित्तले कारोबार थाल्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय  संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गते बुधबारदेखि कारोबार सुरु गर्ने भएको छ ।

 मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते यी दुई लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। १ बराबर १ को अनुपातमा यी दुई कम्पनीबीच मर्ज भएको हो । लगानीकर्तासँग यी दुई कम्पनीको हाल कायम सेयर बराबर नै मर्जपछि बन्ने संस्थाको सेयर कायम हुनेछ । 

२०७९ पुसमा दुई कम्पनीबीच एकआपसमा गाभिनेसम्बन्धी सम्झौता भएको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal