Skip to content
Prabhu

शरीरको तौल घट्दा पुरस्कृत र बढ्दा दण्डित गर्ने कम्पनी

एजेन्सी । इन्स्टा३६० नामको एक कम्पनीले स्लिमिङ इनिसिएटिभ सुरु गरेको छ । अर्थात् कम्पनीले शरीरको तौल घटाउने योजना सुरु गरेको छ । जसमार्फत उक्त कम्पनीका कर्मचारीहरु मालामाल भएका छन् ।
शरीरको तौल घटाउने काम धेरैका लागि ठूलो चूनौती बनेको छ । जंक फूड लवर्सवाला जेनेरेशनमा शरीरको तौल मेन्टेन  गर्न अनेकौ उपाय अपनाएको पाइन्छ । किटो डाइटदेखि इन्टरमेटेन्ट फास्टिङलगायतका कैयन प्रकारका खतरनाक उपायहरु पनि अपनाएको पाइन्छ । केही व्यक्तिहरु जिम्मा घण्टौ बिताउँछन् । ट्रेड मिलमा लामो समय दौडन्छन र शरीरबाट पसिना निकाल्छन् । तर शरीरको तौल घट्ने सुरसार हुँदैन ।
यसको कारण के पनि हो भने सुरुमा मानिसहरुले ठिक ठाक मात्रै प्रयास गर्छन् । तर केही दिनमा उनीहरुमो मोटिभेसन हराउँदै जान्छ । अब यो समस्याको समाधानका लागि एक कम्पनीले यस्तो नयाँ तरिका निकालेको छ जहाँ कर्मचारीले आफ्नो शरीरको तौल बढ्ने विषयमा जोखिम लिने छैनन् । उनीहरलाई तौल नबढाएवापत पैसा पनि प्राप्त हुनेछ ।
एक सञ्चारमाध्यमका अनुसार यो कम्पनी चीनको गुआंग्डोङ्ग प्रान्तको सेन्जेनमा छ । कम्पनीको नाम इन्स्टा३६० हो । सन् २०२३ को सुरुआतमा कम्पनीका तर्र्फबाट स्लिमिङ इनिसिएटिभ सुरु भएको थियो । कम्पनीले यसका लागि छुट्टै एउटा कोष स्थापना गरेको थियो । कम्पनीले कोषमा १० लाख युआन अर्थात् करिब १५ करोड रुपैयाँ राखेको थियो । यस्तो राम्रो कोष स्थापना भएपछि कर्मचारीले यसका लागि आवेदन दिए । कम्पनीले आवेदनमध्ये मोटापनबाट ग्रस्त मानिसहरुलाई प्राथमिकता दिएको थियो ।
कम्पनीले सदस्यहरुको तीन समूह बनायो । पहिलो दुई वटा समूहमा १०÷१० जना र तेस्रो समूहमा पाँच जना थिए । यी समूहमा भएका सबैको प्रत्येक साता तौल मापन गरिन्थ्यो । कुनै पनि समूहका तर्फबाट आधा केजी तौल मात्रै घटाएको अवस्थामा ४०० युआन पुरस्कार प्राप्त हुन्थ्यो । साथै तौल बढाए वापत भने ५०० युआन जरिवाना लाग्थ्यो ।
यो कार्यक्रम सुरु भएपछि तीन महिनाको अवधिमा अभियानमा सहभागी कुनै पनि कर्मचारीको तौल बढेको छैन । यस अवधिमा १५० मानिसले करिब ८०० किलो तौल कम गरिसकेका छन् । किनभने मानिसहरुले आफ्नो समूहका कसैले पनि हारेको देख्न नचाहेको प्रतिक्रिया दिएका छन् । यदि तपाई आफ्नो तौल बढाउनुभयो भने आफ्नो मात्रै होइन समूहका अन्य सदस्यहरुको पनि बोसनमा असर पुग्नेछ । यस्तोमा प्रत्येक सदस्य शरीरको तौल घटाउने अभियानमा जुटेका छन् ।
कर्मचारी लीका अनुसार उनी यो स्लिमिङ इनिसिएटिभ हिस्सा बनेका थिए । तब उनको तौल ९० केजीभन्दा बढी थियो । यस अवधिमा उनको तौल १५.५ केजी कम भएको छ । कम्पनीको उक्त योजनालाई लिएर हाल सामाजिक सञ्जालमा ठूलो प्रशंसा भइरहेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal