काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा प्राप्त हुने सहयोग रकमलाई एकद्वार प्रणालीमार्फत परिचालन गरिरहेको छ। सोही क्रममा गोर्खा ब्रुअरीले आफ्नोतर्फबाट १० करोड रुपैयाँ नगद सहयोग गरेको हो।
गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा जनधनको क्षति हुनुका साथै स्थानीय पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। प्रभावितको उद्धार, राहत वितरण तथा क्षतिग्रस्त संरचनाको पुनर्स्थापनाका लागि सरकारले विभिन्न निकाय तथा निजी क्षेत्रबाट सहयोग जुटाइरहेको छ।
गोर्खा ब्रुअरीको यो सहयोग बाढी प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनर्स्थापना कार्यमा प्रयोग गरिनेछ।






प्रतिक्रिया दिनुहोस्