Skip to content

भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका ७४३ पर्यटक मध्ये १२१ जनाको उद्धार

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखाका भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ७४३ जना पर्यटक प्रभावित भएकोमा १२१ जनाको उद्धार गरिएको छ भने ६२२ जना अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्थाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले संयुक्त रूपमा जानकारी संकलन तथा खोजी गरिरहेका छन्।

बोर्डका अनुसार बाढी प्रभावितमध्ये सबैभन्दा ठूलो संख्या भारतीय पर्यटकको छ। भारतका १८३ जना पर्यटकमध्ये ८५ जनाको उद्धार भएको छ भने ९८ जना अझै सम्पर्कविहीन छन्। नेपालका १४९ जना प्रभावितमध्ये सबै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, अमेरिकाका ६७ जनामध्ये २ जनाको उद्धार भएको र ६५ जना सम्पर्कविहीन छन्। युक्रेनका ६१, मलेसियाका ५१ र अष्ट्रेलियाका ३५ जना पनि सम्पर्कविहीन रहेको बोर्डको देशगत विवरणमा उल्लेख छ।

चीनका २४ जनामध्ये १६ जनाको उद्धार भएको छ भने ८ जना सम्पर्कविहीन छन्। दक्षिण कोरियाका ९ जना सबैको उद्धार भएको छ। रूसका ९ जनामध्ये २ जना र इटालीका ३ जनामध्ये २ जनाको उद्धार गरिएको छ। बेल्जियमका ३ जनामध्ये १ जना, बुल्गेरियाका १ जना, पोर्चुगलका ३ जनामध्ये १ जना, स्पेनका ३ जनामध्ये १ जना तथा स्विट्जरल्यान्डका २ जनामध्ये १ जनाको उद्धार भएको विवरणमा उल्लेख छ।

देशगत विवरणअनुसार क्यानडाका २५, लाट्भियाका २९, बेलायतका ३३, जर्मनीका ८, फ्रान्सका ४, जापानका ५, न्यूजिल्यान्डका ५, सिंगापुरका ९, दक्षिण अफ्रिकाका ६, कजाखस्तानका ३, स्विडेनका १, फिनल्यान्डका १, हंगेरीका १, आयरल्यान्डका २, इजरायलका १, लिथुआनियाका १, नेदरल्यान्ड्सका २, फिलिपिन्सका १, सर्बियाका १ र भियतनामका १ जना सम्पर्कविहीन रहेको बोर्डको विवरणमा उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T