Skip to content

केरुङमा अड्किएका गाडी तातोपानी र काेराेला नाकाबाट ल्याउन संघले गर्यो परराष्ट्र मन्त्रालयलाई आग्रह

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण केरुङ नाकामा अड्किएका मालवाहक गाडी तथा चालक–सहचालकलाई  सिन्धुपाल्चोक तातोपानी नाका र मुस्ताङ जिल्लाकाे काेराेला नाकाबाट नेपाल ल्याउन पहल गर्न नेपाल हिमालय सीमापार वाणिज्य संघले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।
 संघले  भदौ १५ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै चीनको केरुङमा रहेका गाडी तथा सवारी चालक र सहचालकलाई चीनको न्यालम हुँदै नेपालको तातोपानी नाकाबाट नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
रसुवामा आएको भीषण बाढीले सडक, पुल, भवनलगायतका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको उल्लेख छ । बाढीका कारण केरुङ–रसुवागढी नाका हुँदै हुने आवतजावत प्रभावित भएकाले केरुङमा रहेका नेपाली मालवाहक सवारीसाधन तथा चालक–सहचालकलाई वैकल्पिक नाकाबाट नेपाल ल्याउनुपर्ने संघको भनाइ छ ।
संघले चीनको न्यालम हुँदै तातोपानी नाकाबाट नेपाल प्रवेश गराउने विषयमा चिनियाँ पक्षसँग आवश्यक पहल तथा समन्वय गर्न परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेको छ ।
केरुङमा रहेका सवारीसाधन तथा चालक–सहचालकलाई लामो समयसम्म त्यहीँ रोकिराख्दा व्यवसायी तथा ढुवानी क्षेत्रमा थप समस्या उत्पन्न हुन सक्ने भन्दै संघले जतिसक्दो छिटो वैकल्पिक मार्गबाट नेपाल ल्याउने व्यवस्था गर्न आग्रह गरेको हो ।
रसुवामा आएको बाढीबाट चीनसँगको केरुङ–रसुवागढी नाका जोड्ने सडक तथा पूर्वाधारमा क्षति पुगेपछि दुई देशबीचको व्यापारिक आवतजावत प्रभावित भएको छ । यस्तो अवस्थामा तातोपानी नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरी केरुङमा रोकिएका सवारीसाधन नेपाल ल्याउने व्यवस्था गर्न सके व्यवसायीलाई राहत पुग्ने संघको अपेक्षा छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T