Skip to content

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ९.२४ अंक बढेर २५२२.६६ विन्दुमा पुगेको छ।

आज सेयर बजार मापन नेप्से परिसूचक बढेको भएता पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।

आज माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशत बढेको छ। यसैगरी, आज एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ भने इमर्जीङ्ग नेपालको सेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सबैभन्दा धेरै ८.४८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १३ करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। यसैगरी, आज शिवम् सिमेन्टको साढे १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T