Skip to content
Prabhu

शुक्रबार कति छ डलर, यूरो र जापनी येनको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर १७१ रुपैयाँ १४ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १४९ रुपैयाँ ४६ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९९ रुपैयाँ २८ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८ रुपैयाँ ५२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३ रुपैयाँ ६५ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२ रुपैयाँ ८८ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९ रुपैयाँ ३८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७ रुपैयाँ १५ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ४३७ रुपैयाँ १९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४७ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal