Skip to content
Prabhu

काठमाडौं उपत्यकामा आज दिउँसो आंशिक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ ।

आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले राससलाई बताए । उनले भने, ‘स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।’ कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौं उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए ।

विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । देशका बाँकी भागमा मौसम सफा रहेको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal