Skip to content
Prabhu

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता सेयर फागुन २७ गतेदेखि बिक्रीमा

काठमाडौं ।  फागुन २७ गतेदेखि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको  १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला हुने भएको छ । 

उक्त संस्थाले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३ सय १५ रुपैयाँ तोकेको छ ।  लगानीकर्ताले ३ सय १५ रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्ने छ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघ र संस्थाहरुले  आवेदन दिन सक्नेछन् । 

बोलपत्र पेस गर्ने अन्तिम म्याद चैत १२ गतेसम्म तोकिएको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal