काठमाडौं । स्नो रिभर्स कम्पनीले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।
भदौ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।
लाभांश घोषणा गरेको कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । सभा असोज २१ गते हुने छ ।
सभा प्रयोजनका लागि असोज ८ गते एक दिन बूक क्लोज गर्ने भएको छ । असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्