काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ ।
बैठकले नेपाल न्याय सेवा, न्याय समूहका तीन जना राजपत्रांकित प्रथम श्रेणीका अधिकृतलाई पनि राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरेको हो ।
बढुवा हुने न्याय सेवाका अधिकृतहरूमा खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल रहेका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार पराजुलीलाई सचिव पदमा तथा कट्टेल, भट्टराई र दाहाललाई नेपाल न्याय सेवाअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरिएको हो।






प्रतिक्रिया दिनुहोस्