Skip to content

वनमन्त्री चौधरी कोरला नाकामा, दिइन् यस्तो निर्देशन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गरेकी छिन् ।

निरीक्षणका क्रममा आज मन्त्री चौधरीले नाकाबाट हुने कृषि तथा पशुजन्य वस्तुको आयात–निर्यातको अवस्था, त्यसका लागि आवश्यक पूर्वाधार तथा प्रक्रियाबारे सम्बन्धित अधिकारीहरूसँग जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

उनले विशेषगरी स्थानीय उत्पादन तथा कृषि उपजको व्यापारलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक व्यवस्थाबारे जिज्ञासा राखिन् । मन्त्री चौधरीले कोरला नाका हुँदै हुने कृषि तथा पशुजन्य वस्तुको व्यापारमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

त्यसैगरी, मुस्ताङको महत्त्वपूर्ण पशुजन्य व्यापारका रूपमा रहेको च्याङ्ग्राको ओसारपसार तथा व्यापारलाई व्यवस्थित र सहज बनाउन क्वारेन्टाइनसम्बन्धी व्यवस्थामा विशेष ध्यान दिनुपर्ने विषयमा पनि उनले चासो राखिन् ।

च्याङ्ग्रा व्यापारमा अनावश्यक झन्झट नहुने गरी स्वास्थ्य तथा पशुजन्य वस्तुको सुरक्षा मापदण्ड कायम राख्दै प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा मन्त्री चौधरीको जोड थियो ।

उनले सीमा नाकामा कृषि तथा पशुजन्य वस्तुको आयात–निर्यातसँग सम्बन्धित कार्यालयहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै स्थानीय व्यवसायी तथा कृषकले सहज रूपमा व्यापार गर्न सक्ने वातावरण निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T