Skip to content
Prabhu

कांग्रेस, एमालेको धङ्धङी बोकेर नगरसभामा नआउनुहोलाः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएपछि मेयर बालेन्द्र शाहले अन्य जनप्रतिनिधिलाई सभामा दलगत धङ्धङी बोकेर नआउन चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत मेयर साहले नगरसभामा कांग्रेस, एमालेको धङ्धङी बोकेर नआउन आग्रह गरेका हुन् ।

आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३२ जेठमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न नगरसभाको बैठक बोलाइएको थियो । एमाले, कांग्रेसका केही जनप्रतिनिधिले बैठक बहिस्कार गरेपछि मेयर शाहको आक्रोश सार्वजनिक भएको हो । ‘काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

मेयर साहले केही नेताको कारण सभाका अन्य जनप्रतिनिधिको अधिकार हनन् भएको चर्चा पनि गरेका छन् । ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । एक सय ६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,’ उनले भनेका छन्, ‘तीनजना नेताले गर्दा एक सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो ।’

उनले महानगरका कुनै पनि नीति योजनाबारेको छलफल बन्दकोठामा नहुने स्पष्ट पारेका छन् । ‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’

उनले बन्दकोठामा केही नेताले राजनीतिक लेनदेख गर्ने र बाहिर त्यसको औपचारिकता मात्र दिने गरेको समेत बताएका छन् । ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन,’ मेयर साहले खेलेका छन् ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal