Skip to content

अर्थतन्त्रमा सुधारको बाटोमाः चालु खाता ९४ अर्ब ५९ करोड र शोधनान्तर ९० अर्ब ३४ करोड बचतमा

काठमाडौं । मुलुकको बाह्य क्षेत्रतर्फ सुधारको संकेत देखिएको छ । समीक्षा अवधिमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोड डलरले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाताको बचत अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको देखिएको छ । यसले मुलुकको बाह्य क्षेत्रको अवस्थामा सुधारको संकेत गरेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० १ अर्ब १ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ६९ करोड रुपैयाँ रहेको थियो ।

यता, समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६४ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५९ करोड डलरले बचतमा रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima