काठमाडौं । भदौमा ५ अर्ब ९ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो ।
द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् तीन अर्ब ६४ करोडभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट एक अर्ब ४४ करोड ९९ लाख आम्दानी भएको छ ।
भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्