काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्ममा ३२८ वटा परियोजनाका लागि ११ अर्ब १२ करोड ४४ लाख ५ हजार ७९६ रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार ३२३१ वटा साना, २ वटा मध्यमस्तरीय र ३ वटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो ।
विभागका अनुसार लागतका आधारमा पर्यटन र सेवा मुलक परियोजनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ ।
यो अवधिमा पर्यटन उद्योगका ७० परियोजनामा ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँको लगानी प्रतिबद्बता भएको छ ।
यस्तै सेवा मुलक उद्योगका २६ परियोजनामा ३ अर्ब ३० करोड ५४ लाख ३८ हजार १९६ रुपैयाँको लगानी प्रतिबद्धता भएको ।
उत्पादनमूलक उद्योगका १८ वटा परियोजनामा १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ, ऊर्जामूलक उद्योगका १ वटा परियोजनामा २ अर्ब र
कृषिमुलक उद्योगका १ परियोजनामा २ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
त्यसैगरी सूचना प्रविधिमूलक उद्योगका २१२ परियोजनामा ८१ करोड ६९ लाख १७ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
यी परियोजनाले ३ हजार ४४७ जनालाई रोजगारी दिने छ ।








प्रतिक्रिया दिनुहोस्