Skip to content
Prabhu

बिमा प्राधिकरणबाट बिदा भए ३ कर्मचारी

काठमाडौं । नेपाल बिमा प्राधिकरणबाट तीन जना कर्मचारी बिदा भएका छन् । ३० वर्षे सेवा अवधी पूरा गरेर असार १ गतेदेखि तीन जना कर्मचारी बिदा भएका हुन् ।

३० वर्षे सेवा सकेर बिदा हुनेमा निर्देशक तथा सञ्चालक समितिका सचिव दिनेशकुमार लाल कर्ण, उपनिर्देशक तथा मधेस प्रदेश कार्यालय प्रमुख कुसुम शर्मा तथा सहायक निर्देशक सुनिता कार्की छन्।

अर्घाखाँची सिमेन्ट
Hyundai

२०५१ साल असार १ गतेदेखि तत्कालीन बिमा समिति (हाल प्राधिकरण) मा स्थायी नियुक्ति लिएर बिमा नियमनको भूमिकामा सरकारी सेवा सुरुवात गरेका तीन जना कर्मचारीहरुको एक कार्यक्रमका बीचमा विदाई गरिँदैछ । २०५१ सालमा भर्ना भएका राजुरमण पौडेल यसअघि कार्यकारी निर्देशकमा पाँच वर्षे सेवा अवधी पूरा गरेर गत जेठ १२ गते नै बिदा भइसकेका छन् ।

यो सँगै बिमा प्राधिकरणमा २०५१ सालमा भर्ना भएका सबै कर्मचारीहरु बिदा भएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्